सत्ता साँझेदार कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारि थालेका छन् ।
उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले(कांग्रेसका सांसदहरूलाई हस्ताक्षर गराएका हुन्।
सांसदहरू बिहान १० बजेदखि दलको कार्यालयमा आएर उनीहरुले हस्ताक्षर गरिरहेका छन्। सांसदहरुले खाली कागजमा हस्ताक्षर गरिरहेका छन्।
नेपाली कांग्रेसको आज बिहान पदाधिकारी बैठक बसेको थियो। बैठकमा । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाउने सम्बन्धमा छलफल भएको बताइएको छ।
कांग्रेस र एमालेले गत वर्षनै रानालाई पदबाट हटाउने प्रयास गरेका थिए। तर, संसद्मा दुई तिहाइ नपुग्ने र उपसभामुखलाई हटाउँदा सरकारको आलोचना झन् बढ्ने देखिएपछि उनीहरू गत वर्ष पछि हटेका थिए।
यसपटक रानालाई हटाउनको लागि संसद्मा दुई तिहाई पुर्याउन एकीकृत समाजवादीसँग पनि उनीहरूले सहयोग मागेका स्रोतले जनाएको छ। उपसभामुख रानाको आचरणमा प्रश्न उठाउँदै उनलाई हटाउने तयारीमा दुई दल लागेका हुन्।
संविधानअनुसार सभामुख वा उपसभामुखलाई महाअभियोगमार्फत होइन, दुई तिहाइ बहुमतले प्रस्ताव पारित गरेर पदमुक्त गर्न सकिन्छ। संविधानको धारा ९१(६) ले यस्तो व्यवस्था गरेको छ। प्रस्ताव ल्याउन कम्तीमा प्रतिनिधिसभाका एक चौथाइ सदस्यको समर्थन आवश्यक हुन्छ र दर्ता भएको सात दिनभित्र छलफल गरिनुपर्छ।
प्रतिनिधि सभाको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।
हाल प्रतिनिधिसभामा कांग्रेसका ८८ र सभामुखसहित एमालेका ७८ सांसद् छन्। कांग्रेस र एमालेलाई उपसभामुख हटाउने हो भने थप १७ जना सांसद आवश्यक पर्छ। साना दलको सहयोगबिना सभामुखलाई हटाउन सम्भव देखिँदैन।










प्रतिक्रिया दिनुहोस्