images
images

‘स्थानीय युवाको सहभागिता, समृद्धिको आधार’ नारासहित अन्तर्राष्ट्रिय युवा दिवस

यस वर्ष दिवसको नाराः ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ राखिएको छ। दिवसको मुख्य समारोह बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम तयारीका लागि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति गठन गरिएको छ। त्यस्तै, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन गरिएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवधारणा सन् १९९८ मा पोर्चुगलको लिस्बनमा आयोजित विश्वका १४० देशका युवा मामिला मन्त्रीहरूको सम्मेलनबाट अघि आएको हो। सम्मेलनले युवाको हितमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो। सो सिफारिसका आधारमा संयुक्त राष्ट्रसंघको ५४औँ महासभाले १७ डिसेम्बर १९९९ मा हरेक वर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको हो। सन् २००० देखि संसारभर यस दिवसलाई विशेष कार्यक्रमसहित मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्