काठमाण्डौ – अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि दक्षिण एशियाली छनोट प्रतियोगिता भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको तयारी र विवरण सार्वजनिक गरेको हो।
प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। भारतबाट १० खेलाडी तथा अन्य राष्ट्रबाट समान ८ खेलाडीको सहभागिता रहने छ। नेपालबाट ४ महिला र ४ पुरुष गरी ८ खेलाडीले प्रतिनिधित्व गर्नेछन्। महिलातर्फ वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेलले प्रतिस्पर्धा गर्ने छन्।
पुरुषतर्फ संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल सहभागी छन्। टोलीको मुख्य प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् भने सहायक प्रशिक्षकका रूपमा सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य छन्। राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला दुवै समूहमा विजेता टिम सन् २०२६ को सेप्टेम्बरमा इङ्गल्यान्डमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि छनोट हुनेछन्।














प्रतिक्रिया दिनुहोस्