images
images

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न अदालतको रोक

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार मुद्दामा वारेस नियुक्त गर्न नपाउने भएका छन्। तीन वर्षभन्दा बढी कैद सजाय हुने अभियोग लागेको भन्दै विशेष अदालतले उनलाई मुद्दाका लागि प्रतिनिधि राख्न अनुमति नदिएको हो।

नेपालले वारेसमार्फत मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको निवेदनमा विशेष अदालतमा सोमबार सुनुवाइ भएको थियो। न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेस अनुमति नदिने आदेश जारी गरेको हो।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक अपचलन भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनी यसअघि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्