राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट हटाएपछि पार्टीभित्र असन्तोष चुलिएको छ। अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध पार्टीको संस्थापनइतर समूह खुला रूपमा विरोधमा उत्रिएको हो। शनिबार महामन्त्री डा. धवलशमशेर राणाको टंगालस्थित सचिवालयमा संस्थापनइतर नेताहरूको बैठक बसेको छ। बैठकमा १० जना पदाधिकारीसहित करिब ५० केन्द्रीय सदस्य सहभागी भएका थिए।
बैठकमा सहभागी एक नेताका अनुसार लावतीलाई प्रवक्ताबाट हटाउने निर्णय पार्टीको विधानविपरीत भएको निष्कर्ष निकालिएको छ। त्यसैका आधारमा सो निर्णय खारेज गराउन निर्वाचन आयोगमा उजुरी दिने तयारी बैठकले गरेको छ। केही दिनअघि अध्यक्ष लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट हटाएका थिए। यस कदमलाई अनुचित भन्दै लावतीले भने, “यो अन्यायपूर्ण छ, यसले पार्टीमा विवाद सिर्जना गरेको छ।”









प्रतिक्रिया दिनुहोस्