गएको वैशाखयता देशभर विभिन्न विपद्का घटनामा परेर ८४ जनाको ज्यान गएको छ भने २६ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै मानिसको मृत्यु चट्याङका कारण भएको हो। चट्याङ लागेर २४ जनाको मृत्यु हुनुका साथै १५५ जना घाइते भएका छन्।
चट्याङपछि सबैभन्दा धेरै मानवीय क्षति आगलागीबाट भएको छ। आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्। त्यस्तै, जनावरको आक्रमण र लेक लागेर समान रूपमा ११–११ जनाले ज्यान गुमाएका छन्। उक्त अवधिमा वर्षा, बाढी र पहिरोबाट १५ जनाको, असिना र हावाहुरीबाट ८ जनाको तथा सर्पको टोकाइबाट २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यसैबीच, जंगली जनावरको आक्रमणबाट ४३ जना, हावाहुरीबाट ३७ जना, लेक लागेर २४ जना, सर्पको टोकाइबाट २२ जना, बाढीपहिरोबाट १३ जना, वन डढेलोबाट २ जना, असिनाबाट १ जना र डुंगा पल्टेर १ जना गरी सयौं व्यक्ति घाइते भएका छन्। हिजो बिहीबार मात्र विभिन्न विपद्का घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते र ६ जना बेपत्ता भएका छन्।















प्रतिक्रिया दिनुहोस्