काठमाडौँ — जिल्ला प्रशासन कार्यालय धादिङले लगातारको वर्षाका कारण त्रिशूली नदीमा जलप्रवाह तीव्र रूपमा बढ्न सक्ने भन्दै नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै नुवाकोट र रसुवातर्फको उपल्लो भेगमा अत्यधिक वर्षा भएको र त्यसले त्रिशूली नदीको बहाव बढाउन सक्ने जानकारी दिएको छ।
बाढीका कारण सडक तथा पुलहरूमा समेत क्षति पुग्ने सम्भावना रहेकाले त्रिशूली नदी दुवैतर्फका क्षेत्रहरूमा जोखिम बढेको प्रशासनको भनाइ छ। प्रशासनले नदी आसपासका बासिन्दालाई आवश्यक नपरी नदी किनारमा नजान, बालबालिका र चौपाया सुरक्षित स्थानमा राख्न तथा जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्