images
images

भोटेकोशीको भीषण बाढी: मितेरी पुल बगायो, रसुवामा ११ जना बेपत्ता

रसुवा — आज बिहान अकस्मात् आएको भीषण बाढीले रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सीमा जोड्ने मितेरी पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

तिब्बती क्षेत्रमा भारी वर्षापछि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङमा रहेका गाडीहरू, भन्सार प्रक्रिया पूरा गर्न राखिएका सामानहरू बगाएको छ।

बाढीका कारण हालसम्म ११ जना बेपत्ता भएका छन् भने केही व्यक्ति अझै पनि नदी किनार क्षेत्रमा फसेको बताइएको छ। सिन्धुपाल्चोक क्षेत्रका व्यापारीहरू समेत बाढीबाट प्रभावित भएका छन्। बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्