images
images

प्रदूषण नियन्त्रणका लागि युरो–६ लागू

११ असार, काठमाडौं — नेपाल सरकारले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ लागू गर्दै युरो–६ स्तरको सवारी प्रदूषण मापदण्ड कार्यान्वयनमा ल्याएको छ। नयाँ मापदण्डअनुसार अब चार पाङ्ग्रे यात्री तथा मालबाहक सवारी साधनमा युरो–६ र दुई तथा तीन पाङ्ग्रे सवारीमा युरो–५ मापदण्ड लागु हुनेछ।

वन तथा वातावरण मन्त्रालयले राजपत्रमा मापदण्ड प्रकाशित गर्दै, अब नयाँ आयात हुने सवारीहरूमा मात्र यो नियम लागु हुने स्पष्ट पारेको छ। हाल सञ्चालनमा रहेका वा भुक्तानी भइसकेका सवारीहरू भने पुरानै मापदण्डमा पर्नेछन्।

नयाँ मापदण्डले कार्बन मोनो अक्साइड, नाइट्रोजन अक्साइड, हाइड्रोकार्बनजस्ता प्रदूषण तत्वको अधिकतम सीमा तोकेको छ। यसबाट प्रदूषण नियन्त्रणमा टेवा पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ। यस्तै, २०६९ सालको पुरानो मापदण्ड खारेज गरिएको छ।

प्रतिक्रिया दिनुहोस्