काठमाडौं, असार ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महासचिव पदबारे देखिएको अन्योल बीच निर्वाचन आयोगले मुकुल ढकाललाई नै आधिकारिक महामन्त्रीका रूपमा मान्यता दिएको छ। पार्टीभित्र देखिएको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको चर्चाबीच आयोगले हालसम्म प्राप्त अभिलेखका आधारमा ढकाल नै रास्वपाका महासचिव भएको पुष्टि गरेको हो। आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिँदै भने, “निर्वाचन आयोगमा दर्ता रहेको दस्तावेजअनुसार मुकुल ढकाल नै रास्वपाका वर्तमान महासचिव हुनुहुन्छ।”
यसअघि पार्टीको नेतृत्वमा विवाद चुलिँदै गएका बेला रास्वपाभित्र महासचिव परिवर्तनको प्रयास भएको चर्चा चलेको थियो। तर, आयोगमा कुनै नयाँ निर्णय वा अद्यावधिक विवरण नपुगेकाले ढकालकै नाम कायमै रहेको स्पष्ट गरिएको हो।
रास्वपाका केही नेताहरूले आन्तरिक निर्णयका आधारमा महासचिव परिवर्तन गरिएको दाबी गरे पनि त्यसबारे आयोगमा आधिकारिक जानकारी आएको छैन।
निर्वाचन आयोगको यो प्रष्टिकरणसँगै रास्वपाको नेतृत्वमा देखिएको अन्योल केही हदसम्म समाधान हुने देखिएको छ। तर, पार्टीभित्रको शक्ति संघर्ष भने अझ चर्किन सक्ने संकेत देखिएको छ।









प्रतिक्रिया दिनुहोस्