images
images

एमाले नेतृत्वबारे बढ्दो चर्चा बीच ओली र भण्डारीबीच एक घण्टा लामो संवाद

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन्। स्रोतका अनुसार दुई नेताबीच करिब एक घण्टासम्म कुराकानी भएको हो।

पछिल्ला दिनमा ओली र भण्डारीबीचको सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला भएको यस भेटलाई विश्लेषकहरूले निकै अर्थपूर्ण रूपमा लिएका छन्। ओलीकै पहलमा राष्ट्रपति बनेकी भण्डारी पछिल्लो समय एमालेमा पुनः सक्रिय हुने प्रयासमा रहेको चर्चा छ, जसले ओलीलाई शंकाको नजरले हेर्न वाध्य पारेको बताइन्छ। भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको स्रोतले जनाएको छ। साथै, भण्डारीले केही समयअघि सम्पन्न गरेको चीन भ्रमणबारे पनि ओलीलाई जानकारी गराएकी थिइन्।

पार्टी नेतृत्वको भविष्यका सन्दर्भमा भण्डारीको सम्भावित सक्रियताले एमालेको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने आँकलन गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्