भारतको गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान टेकअफलगत्तै दुर्घटनामा परेको छ। फ्लाइट नम्बर AI-171 ले २४२ जना सवार यात्रु सहित दिउँसो १:३८ बजे उडान भरेको थियो। विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य थिए। उडेको केही मिनेटमै विमान अहमदाबाद विमानस्थलबाट १५ किलोमिटर टाढा रहेको मेघानीनगर क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि धुवाँको मुस्लो आकाशमा देखिएको र विमान आंशिकरूपमा जलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एयर इन्डियाका अनुसार, विमानमा रहेका यात्रुहरूमध्ये:
-
१६९ जना भारतीय
-
५३ जना बेलायती
-
७ जना पोर्चुगिज
-
१ जना क्यानाडेली नागरिक थिए।
विमान दुर्घटनाको खबरपछि उद्धार टोली घटनास्थलमा तत्काल खटाइएको छ। प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण इन्जिनमा प्राविधिक गडबडी भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप जानकारी आउन बाँकी रहेको र उद्धार तथा अनुसन्धान कार्य तीव्र रूपमा जारी रहेको भारतीय अधिकारीहरूले जनाएका छन्।














प्रतिक्रिया दिनुहोस्