काठमाडौँ — हाल देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव सक्रिय छ भने कोशी प्रदेशमा मनसुनी वायुको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको असरस्वरूप कोशी, मधेस, बाग्मती प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। कोशी, मधेस र बाग्मती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भूभागमा थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम महाशाखाले भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्