images
images

शेयर बजारमा रौनक, नेप्से २,६७९ बिन्दुमा पुग्यो

काठमाडौं, मङ्गलबार – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धि भएको छ। नेप्से सूचक २६.२४ अंकले उक्लिएर २,६७९.३४ बिन्दुमा पुगेको हो। परिसूचकसँगै कारोबार रकममा पनि सकारात्मक वृद्धि देखिएको छ। आज कूल १० अर्ब १६ करोड ९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ, जुन हिजो सोमबारको ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

आज सबैभन्दा धेरै कारोबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमा भएको छ। कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने अरुण कावेली पावर लिमिटेडको शेयर कारोबार ५३ करोड १३ लाख रुपैयाँ पुगेको छ। यस दिन दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। पियोर इनर्जीश्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो। फाइनान्स कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसअनुसार फाइनान्स उपसमूहको सूचक ५.१२ प्रतिशतले उक्लिएको छ। नेप्सेमा सूचीकृत सबै १५ वटा फाइनान्स कम्पनीका शेयर मूल्य आज वृद्धि भएका छन्, जसले फाइनान्स क्षेत्रको समग्र प्रदर्शनलाई सबल बनाएको छ।

प्रतिक्रिया दिनुहोस्