images
images

१० करोड पार गर्दै ‘ऊनको स्वीटर’ले बनायो नयाँ कीर्तिमान

बुधबार दिउँसो १ बजेसम्म फिल्मले सरकारको आधिकारिक बक्स अफिस प्रणालीअनुसार ९ करोड ९४ लाख ९७ हजार ५२२ रुपैयाँ ग्रस आम्दानी गरेको छ। यही कमाइलाई आधार मान्दा र रात्रीकालिन शोहरूमा देखिएको उपस्थिति तथा अकुपेन्सीको ट्रेन्ड हेर्दा, बुधबार रातिसम्म फिल्मले १० करोडको आँकडा पार गर्ने निश्चितप्रायः देखिएको छ।

यसअघि १० करोड क्लबमा पुग्ने पछिल्लो नेपाली फिल्म ‘बोक्सीको घर’ थियो, जसले लाइफटाइममा १० करोड २ लाख रुपैयाँ कमाएको थियो। केकी अधिकारी मुख्य भूमिकामा रहेको उक्त फिल्मको कीर्तिमान अब ‘ऊनको स्वीटर’ले तोड्ने संकेत देखिएको छ।विपिन कार्की र मिरुना मगरको अभिनय रहेको ‘ऊनको स्वीटर’ले मिलन चाम्स निर्देशित ‘अञ्जिला’ फिल्मलाई समेत पछाडि पारिसकेको छ। बुधबार दिउँसो १ बजेसम्म ‘अञ्जिला’ले ८ करोड ८२ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्