क्लासिक टेकले व्यवसायिक ग्राहकका लागि 1Gbps ‘Enterprise Pro’ इन्टरनेट सेवा सुरु
देशकै अग्रणी नेटवर्क सेवा प्रदायक क्लासिक टेकले व्यवसायिक प्रयोगकर्ताहरूलाई लक्षित गर्दै 1Gbps (1000 Mbps) ‘Enterprise Pro’ इन्टरनेट सेवा सार्वजनिक गरेको छ। अत्याधुनिक सुविधा सहित यो प्याकेजमा Public IP Address, L2 Support, र Wifi 6 Router निःशुल्क उपलब्ध गराइनेछ।
विशेष रूपमा होस्टेल, स्कूल, हस्पिटल, आईटी कम्पनी, कन्सल्टेन्सी, होटल जस्ता धेरै प्रयोगकर्ता हुने व्यवसायहरूका लागि यो प्याकेज तयार पारिएको हो। सानो स्पीडको इन्टरनेटले धेरै प्रयोगकर्ताहरू जोडिँदा स्पीडमा कमी र नेटवर्क भीड (Congestion) हुने समस्या समाधान गर्न ‘Enterprise Pro’ एक प्रभावकारी विकल्प बन्ने कम्पनीको विश्वास छ। हाल यस सेवा काठमाडौँ सहित देशका प्रमुख सहरहरूमा उपलब्ध छ। प्रारम्भिक अफर अन्तर्गत 1 Gbps प्याकेजको मूल्य मासिक रु ७२९९/- बाट सुरु हुन्छ। साथै, क्लासिक टेकले ५०० Mbps को Enterprise Pro प्याकेज पनि उपलब्ध गराएको छ।
थप जानकारीका लागि कम्पनीले 9802622303 मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न अनुरोध गरेको छ। विवरणका लागि वेबसाइट www.classic.com.np पनि अवलोकन गर्न सकिन्छ।









प्रतिक्रिया दिनुहोस्