images
images

“बाटो भिरको” गीतको एकछत्र राज,सामाजिक सञ्जाल र युट्युबमा धमाका

काठमाडौं — यो वर्षको सबैभन्दा चर्चित सेन्टिमेन्टल गीतहरूमध्ये ‘बाटो भिरको’ गीत उत्कृष्ट सफलतासहित अगाडि बढिरहेको छ। यस गीतले सामाजिक सञ्जालमा व्यापक लोकप्रियता हासिल गर्दै एकछत्र राज गर्न सफल भएको छ।

टिकटकमा मात्र यो गीतमा आधारित १० लाखभन्दा बढी भिडियो बनाइएका छन्, जुन नेपालमा सार्वजनिक भएका गीतहरूमा अत्यन्त दुर्लभ उपलब्धि मानिन्छ। युट्युबमा पनि गीतले आठ लाखभन्दा बढी दर्शक बटुल्दै उत्कृष्ट दुईको सूचीमा स्थान बनाएको छ।

‘बाटो भिरको’ गीतले जीवनका दुःख, पीडा र भावनालाई सरल तर मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतका शब्द शिव अखेलीले लेखेका हुन्, जो नेपाली गीत–साहित्यमा चर्चित गीतकार मानिन्छन्।

गायक सुर्य खड्का र गायिका निशा केसीको स्वरले गीतलाई भावनात्मक उचाइ दिएको छ। विशेषगरी, गायक सुर्य खड्काले शिव अखेलीका धेरैजसो गीतहरूमा आवाज दिइसकेका छन्।

भिडियो पक्ष पनि उत्तिकै सशक्त छ। दुर्गा पौडेलको निर्देशनमा बनेको भिडियोमा गायक सुर्य खड्का र अभिनेत्री स्मारिका ढकालको प्रभावशाली अभिनयले गीतको भावनालाई जीवन्त बनाएको छ।

प्रतिक्रिया दिनुहोस्