images
images

सरकारले प्रतिशोध राखेर थुन्यो, प्रमाण नपुगेपछि रिहा भएँ : ओली

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा उनलाई फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको तर पर्याप्त प्रमाण नपुगेपछि रिहा भएको बताएका छन्।

सामाजिक सञ्जालमा उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी दिदीबहिनी, दाजुभाइ, कानुन व्यवसायी, न्यायकर्मी, राजनीतिक दलका नेता र सञ्चारकर्मी प्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार देखाउने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा खटिएका त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

ओलीले आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरेर घाइते बनिएकाहरूको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने चेतावनी दिएका छन्। स्वास्थ्य प्रतिकूल भएपछि केही दिन अस्पतालमै उपचार गराएको जानकारी उनले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्