images
images

बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

शाहले आजै दिउँसो १२स्३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने मिति तय भएको छ । शपथ साइतको समयबारे रास्वपाले राष्ट्रपति कार्यालयलाई यसअघि नै जानकारी गराइसकेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्‍घोष गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्