काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा २७४ जना सांसदले शपथ लिएका हुन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले उनीहरूलाई शपथ गराएका थिए।
शपथ ग्रहणका क्रममा ४७ जना सांसदले १७ वटा मातृभाषामा शपथ लिएका थिए। सांसदहरू आ–आफ्नो सांस्कृतिक भेषभूषामा उपस्थित हुँदा कार्यक्रम थप आकर्षक बनेको थियो।
संसद्को मुख्य सभा हल निर्माण सम्पन्न नभएकाले शपथ कार्यक्रम बहुउद्देश्यीय हलमा आयोजना गरिएको संसद् सचिवालयले जनाएको छ । यसअघि ज्येष्ठ सदस्य केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सांसदहरूले शपथ लिनुपर्ने व्यवस्था रहेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलहरूले उल्लेख्य सिट जित्दै नयाँ संसद् गठन भएको हो।









प्रतिक्रिया दिनुहोस्