images
images

बालेनलाई दलको नेता बनाउने तयारीमा रास्वपा, केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन आज केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टी प्रवक्ता मनिष झा का अनुसार बैठक अपराह्न ४ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा मुख्य रूपमा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

रास्वपाको विधानमा दलको नेता चयनसम्बन्धी केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समितिले त्यसलाई टुंग्याउने तयारी गरेको छ। संशोधनपछि संसदीय दलको बैठकमार्फत वरिष्ठ नेता बालेन्द्र शाह लाई दलको नेता चयन गर्ने योजना बनाइएको छ।

दलको नेता चयन भएपछि पार्टीले राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराउनेछ। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल ले संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै प्रमुख शक्तिका रूपमा उदाएको छ।

प्रतिक्रिया दिनुहोस्