images
images

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक, ओलीसहित तीन जनामाथि कारबाही सिफारिस

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको ८९८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरिएको हो।

प्रतिवेदनमा आन्दोलनका क्रममा भएको घटनाबारे विस्तृत विश्लेषण गर्दै जिम्मेवार ठहरिएका व्यक्तिहरूमाथि कारबाही सिफारिस गरिएको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ लाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सिफारिस गरेको जनाएको छ।

उक्त सिफारिस अनुसार उनीहरूलाई कारबाही गर्न मुलुकी अपराध संहिता २०७४ का दफा १८१ र १८२ लागू गर्नुपर्ने उल्लेख गरिएको छ। ती प्रावधानअनुसार लापरबाही वा हेलचेक्र्याइँका कारण कसैको ज्यान जानु गम्भीर अपराध मानिन्छ।

आयोगले घटनाका क्रममा देखिएको लापरबाही, निर्णय प्रक्रियामा कमजोरी तथा सुरक्षा व्यवस्थापनमा भएको त्रुटिका आधारमा उक्त सिफारिस गरेको जनाएको छ।

https://drive.google.com/drive/u/0/home

प्रतिक्रिया दिनुहोस्