काठमाडौं । बालेन शाहको प्रधानमन्त्री पदको सपथग्रहणका लागि शुभसाइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा तय गरिएको छ।
रास्वपाका बरिष्ठ नेता शाहको सपथग्रहण सोही साइतमा सम्पन्न गर्ने तयारी गरिएको र यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालेननिकट स्रोतले जनाएको छ।
सपथग्रहण समारोहलाई विशेष धार्मिक विधिसहित सम्पन्न गर्ने तयारी गरिएको छ। जसअनुसार १०८ जना बटुकले स्वस्तिक वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामा गुरुबाट मंगल वाचन गराइनेछ। साथै ७ जना ब्राह्मणले शंखनाद गरी समारोहलाई सनातन परम्पराअनुसार भव्य बनाइने जनाइएको छ।
यसलाई परम्परा र विविध धार्मिक अभ्यासलाई समेट्ने गरी विशेष शैलीमा आयोजना गर्न लागिएको बताइएको छ।










प्रतिक्रिया दिनुहोस्