images
images

रास्वपाको केन्द्रीय समिति बैठक बिहीबार, संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेता चयनसम्बन्धी निर्णय गर्न आगामी बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ।

चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ कार्यक्रम तय गरिएको छ। सोही दिन दिउँसो ४ बजे संसदीय दलको नेता चयनबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीले जनाएको छ।

बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ भने अन्य समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस्