काठमाडौं । संयुक्त अरब इमिरेट्स मा सामाजिक सञ्जालमार्फत प्रतिबन्धित सामग्री सेयर गरेको आरोपमा सात जना नेपाली नागरिक पक्राउ परेका छन्।
नेपालको परराष्ट्र मन्त्रालय का अनुसार इजरायल–अमेरिका र इरान बीच जारी द्वन्द्वका क्रममा इरानले यूएईमा गरेको ड्रोन तथा मिसाइल आक्रमणसँग सम्बन्धित फोटो तथा भिडियो खिची सामाजिक सञ्जालमा राखेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
मन्त्रालयले यस्ता गतिविधि यूएईमा कानुनविपरीत रहेको उल्लेख गर्दै पक्राउ परेकाहरूलाई एक वर्षसम्म कैद र एक लाख दिरामसम्म जरिवाना हुनसक्ने जनाएको छ।
यसैबीच, मन्त्रालयले त्यस्ता संवेदनशील सामग्रीहरू निजी सन्देश ९प्राइभेट म्यासेज० मार्फत समेत आदान–प्रदान नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्