images
images

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाही लाई चयन गरेको छ भने प्रमुख सचेतकमा खुश्बु ओली लाई जिम्मेवारी दिएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। बैठक राजेन्द्र लिङ्देन को उपस्थितिमा सम्पन्न भएको थियो।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ।

संसदीय दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन्। उनी जुम्ला बाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्