images
images

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजेश हमाल को नाम र तस्बिर दुरुपयोग गरी भ्रष्टाचार गरिएको प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद सहित चार जनाविरुद्ध बिहीबार विशेष अदालत मा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार राजेश हमालको नाम जोडेर वृत्तचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। तर सार्वजनिक खरिद प्रक्रिया मिच्दै १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ हिनामिना गरिएको आरोप छ।

यस प्रकरणमा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र सञ्चारसम्बद्ध रामजी लम्साल लाई पनि प्रतिवादी बनाइएको छ।

अनुसन्धानका क्रममा बिना प्रतिस्पर्धा सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी पेस्की दिइएको तथा बैंक ग्यारेन्टीसमेत नलिई भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ।

त्यसैगरी, पेश गरिएका बिलहरू शङ्कास्पद र नक्कली रहेको तथा काम नै नगरी योजनाबद्ध रूपमा सरकारी रकम हिनामिना गरिएको निष्कर्ष निकालिएको छ।

आयोगले मुख्य आरोपित अध्यक्ष साउदले पदको दुरुपयोग गरी लाभ लिन खोजेको ठहर गर्दै सबै प्रतिवादीबाट बिगो असुलउपर गरी हदैसम्मको सजायको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्