images
images

अमेरिकी रक्षा विभाग पेन्टागनसँग सकियो पैसा, इरान युद्धका लागि माग्यो २०० अर्ब डलर

अमेरिकी रक्षा विभाग पेन्टागन ले ह्वाइट हाउस सँग इरानसम्बन्धी युद्धका लागि ठूलो रकम माग गरेको छ।

वासिङ्गटन पोस्ट मा प्रकाशित समाचारअनुसार पेन्टागनले दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी बजेट स्वीकृत गर्न आग्रह गरेको हो।

समाचारमा एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै भनिएको छ कि इरानसँगको सम्भावित वा जारी सैन्य गतिविधिका कारण आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि यो रकम मागिएको हो।

यो रकम अहिलेसम्म इरानसँग सम्बन्धित अभियानमा भएको खर्चभन्दा निकै बढी भएको बताइएको छ। यस बजेटको मुख्य उद्देश्य प्रयोग भइसकेका हतियारहरूको उत्पादन तत्काल बढाउनु रहेको उल्लेख गरिएको छ।

पछिल्ला दुई सातामा पेन्टागनले ‘फन्डिङ’ का लागि विभिन्न चरणमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेको पनि जनाइएको छ।

बजेट वृद्धिको यो प्रस्तावले अमेरिकी कांग्रेस मा ठूलो राजनीतिक बहस र विवाद उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा पेन्टागन र ह्वाइट हाउस दुवैले आधिकारिक टिप्पणी गर्न अस्वीकार गरेको बीबीसी ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्