images
images

सांसदहरूसँग डीपी अर्यालले भने- रवि र बालेनलाई अभिमुखीकरणमा सहभागी गराउने प्रयास गर्नेछौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा जारी कार्यक्रममा उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह भने सहभागी भएका छैनन्।

कार्यक्रमको उद्घाटन उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उपसभापति अर्यालले सभापति लामिछाने र नेता शाहलाई कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए।

‘दुवै जनाको स्वास्थ्य अवस्था र अत्यधिक व्यस्तताका कारण उपस्थित हुन नसक्नु भएको हो,’ उनले भने, ‘समापनअघि सहभागी गराउने प्रयास हुनेछ।’

रास्वपाको अभिमुखीकरण कार्यक्रम भोलिसम्म चल्नेछ। कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूको सहभागिता रहेको छ भने समापन सत्रमा सभापति लामिछानेको सम्बोधन रहने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्