images
images

संसारकै व्यस्त दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण : आगो फैलिएपछि अस्थायी रूपमा बन्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सबै उडान अस्थायी रूपमा निलम्बन गरिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

विमानस्थल नजिकै ड्रोन आक्रमणपछि आगलागी फैलिएको र आगो नियन्त्रण गर्न कठिन भइरहेको अवस्थामा सबै उडान रद्द गरिएको जनाइएको छ। संयुक्त राज्य अमेरिका ले इरान माथि आक्रमण गरेपछि सुरु भएको युद्धको प्रभाव मध्यपूर्व क्षेत्रमा देखिन थालेको छ, जसका कारण विश्वभरका हवाई उडानहरूको प्रमुख ट्रान्जिट क्षेत्र मानिने मध्यपूर्वका देशहरू प्रभावित भएका छन्।

संसारकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौँ उडान प्रभावित भएका छन् भने लाखौँ यात्रु अलपत्र परेका छन्। सन् २०२५ मा मात्र यस विमानस्थलबाट करिब ९ करोड यात्रुले यात्रा गरेको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्