images
images

मदिरा नीति प्रकरणमा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले पाए सफाइ

भारतको राजधानी दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले मदिरा नीति सम्बन्धी कथित भ्रष्टाचार मुद्दामा अदालतबाट सफाइ पाएका छन्।

शुक्रबार दिल्लीको विशेष अदालतले केजरीवालसहित तत्कालीन उपमुख्यमन्त्री मनीष सिसोदिया र अन्य आरोपितलाई आरोपमुक्त गरेको हो। उनीहरूविरुद्ध भारतको प्रवर्तन निर्देशनालय (ED)केन्द्रीय अन्वेषण ब्युरो (CBI)ले अनुसन्धान गर्दै आरोपपत्र दायर गरेको थियो।

अदालतले अनुसन्धानमा गम्भीर त्रुटि रहेको टिप्पणी गर्दै हजारौं पृष्ठको आरोपपत्रले साक्षीका बयानलाई समर्थन गर्ने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको उल्लेख गरेको छ। साथै, सिसोदियाविरुद्ध प्रथम दृष्टिमै मुद्दा बन्ने आधार प्रस्तुत गर्न असफल भएको र केजरीवालविरुद्ध पर्याप्त प्रमाण नभएको बताएको छ।

यस प्रकरणमा केजरीवालसहित २३ जना पक्राउ परेका थिए। मदिरा नीति मार्फत व्यापारिक समूहबाट १०० करोड भारतीय रुपैयाँ लिएको आरोप उनीहरूमाथि लगाइएको थियो।

फैसलापछि केजरीवालले आफू भ्रष्ट नभएको दोहोर्याउँदै राजनीतिक षड्यन्त्रका कारण जेल बस्नुपरेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्