images
images

नेपाललाई इङ्गल्याण्डले दियो १८५ रनको लक्ष्य, ह्यारी र ज्याकोबको अर्धशतक

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इङ्गल्याण्डले नेपालविरुद्ध चुनौतीपूर्ण स्कोर बनाएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इङ्गल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो।

इङ्गल्याण्डको सुरुवात केही कमजोर रह्यो। प्रारम्भिक ब्याटर फिल साल्ट १ रनमा आउट भए भने कप्तान जोस बटलर २६ रनमा नन्दन यादवको बलमा क्यास आउट भए। त्यसपछि ज्याकोब बेथेल र ह्यारी ब्रुकले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए। बेथेलले ३५ बलमा ५५ रन बनाए भने ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए।

अन्तिम ओभरमा विल ज्याक्सले १८ बलमा ३८ रनको अविजित पारी खेलेर इङ्गल्याण्डलाई १८४ रनको प्रतिस्पर्धी स्कोरमा पुर्‍याए।

नेपालका लागि डेब्यु खेलाडी नन्दन यादवले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २ विकेट लिए। उनले इङ्गल्याण्डका कप्तान जोस बटलर र ह्यारी ब्रुक जस्ता महत्वपूर्ण विकेट चट्काए।

नेपालले यो लक्ष्य पछ्याउँदै खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। यस खेलको नतिजा समूह ‘सी’ मा नेपालको स्थिति तय गर्न महत्त्वपूर्ण हुनेछ।

प्रतिक्रिया दिनुहोस्