काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इंल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो । यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल र इंल्यान्ड पहिलोपटक भिड्दैछ्न । टी-२० वरियतामा नेपाल १६ औं स्थानमा रहँदा इंल्यान्ड तेस्रो स्थानमा छ ।
त्यस्तै इंल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो भने यता नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
प्रतियोगितामा समूह ‘सी’मा रहेको नेपालको समूहमा इंल्यान्डसँगै वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्